- होम
- निर्दिष्ट सीपको बारेमा
- कम्पनीबाट प्राप्त हुने समर्थन
कम्पनीबाट प्राप्त हुने समर्थन
निर्दिष्ट सीप (i) को निवासको स्थितिले काम गर्ने विदेशीहरूले कम्पनीबाट (कम्पनीले गर्न नसकेमा, कम्पनी आग्रहमा दर्ता गरिएको सहायता संस्थाहरू) जापान मा बस्दा र काम गर्दा आवश्यक पर्ने बिभिन्न समर्थन (सहयोग) प्राप्त गर्न सक्नुहुन्छ।
समर्थन (सहयोग) निम्न १० प्रकारका छन्।
१. निवासको स्थिति प्राप्त गर्नु अगाडी कम्पनीबाट व्याख्या प्राप्त गर्न सकिन्छ
कम्पनीसँग सम्झौता गरिसकेपछि, निवासको स्थितिको लागि आवेदन दिनु अगाडि, कम्पनीबाट“सम्झौताका विवरणहरू र कार्य विवरणहरू”को बारेमा व्याख्या गर्न अनुरोध गर्न सक्नुहुन्छ।

२. जापान आउने बेलामा, देश फर्कदा पिक-अप र ड्रप-अफ
जापान आउने बेलामा, कम्पनीका मानिसहरुले तपाईंलाई एयरपोर्टमा पिक-अप, कम्पनी र घरमा पठाउनेछन्।
साथै, जब तपाईं आफ्नो देशमा फर्कनुहुन्छ, कम्पनीका मानिसहरु एयरपोर्ट सुरक्षा जाँच सम्म सहयोग गर्नेछन्।

३. बस्ने घरको तयारी र बिजुली र ग्यास सम्झौताको लागि समर्थन
कम्पनीका मानिसहरुले बस्ने घरको जमानी बन्ने, कम्पनीको घर (कम्पनी आवास) भाडामा मिल्छ।
साथै, बैंक खाता बनाउन, मोबाईल फोन, बिजुली र ग्यासको सम्झौताको लागि मद्दत गर्दछ।

४. जीवनयापनको लागि अभिमुखीकरण
कम्पनीका मानिसहरुले जापानको नियम र शिष्टाचार सिकाउनेछन्।
साथै, बस वा रेलमा सवारी गर्ने तरिका, भूकम्पको घटनामा के गर्ने भनेर सिकाउनेछन्।

५. नगरपालिका कार्यालय प्रक्रियाहरूमा उपस्थिति
कम्पनीका मानिसहरुले नगरपालिका कार्यालय वा कर आदिको प्रक्रियाहरूमा साथ दिन्छन्।
साथै, प्रक्रियाको लागि कागजातहरू लेख्दा पनि मद्दत गर्दछन्।

६. जापानी भाषा अध्ययनको लागि समर्थन
के कम्पनीका मानिसहरुले, जापानी भाषा सिक्नको लागि तपाइँलाई स्कूलको मार्गदर्शन गर्दछन्?

७. परामर्श र उजूरीका लागि बैठक
यदि कुनै समस्या छ भने, तपाईंको भाषामा,
तपाई परामर्श लिन सक्नुहुन्छ र सल्लाह पनि मिल्दछ।

८. जापानी संग संचार
कम्पनीका मानिसहरु, आउँदै गरेको चाडको बारेमा मार्गदर्शन गर्ने, नजिकैको जापानी मानिसहरुसँग कुरा गर्ने अवसर सिर्जना गर्दछन्।

९. काम परिवर्तन गर्दा बेलाको समर्थन(कम्पनीमा काम छोड्ने कुरा गरेको बेलामा)
जब तपाइँलाई कम्पनी छोड्न भनिन्छ, कम्पनीले तपाइँको अर्को काम फेला पार्न मद्दत गर्दछ।

१०. बैठक (प्रत्येक ३ महिनामा १ पटक भन्दा बढी)
कम्पनी समर्थन नाइकेको साथमा नियमित बैठकहरु हुन्छन्।
यदि, काम को बारेमा समस्या छ भने, तपाईं परामर्श गर्न सक्नुहुन्छ।

बिषय
यी १० समर्थन (सहयोग), कम्पनीले विदेशीहरूलाई नगरिहुन्न।
यदि तपाईंलाई लाग्छ कि तपाईंले यि समर्थनहरु राम्रोसँग प्राप्त गरिरहनु भएको छैन भने, कृपया नजिकको अध्यागमनमा सल्लाह गर्नुहोस्।